Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

११ महिनापछि २९०० विन्दुमा उक्लियो नेप्से

११ महिनापछि २९०० विन्दुमा उक्लियो नेप्से

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । सेयर बजार २९०० बिन्दुमा उक्लिएको छ । साताको दोस्रो कारोबार दिने सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७८ अंकले बढेर २९०२.७४ बिन्दुमा रोकिएको छ । यो अंक गत वर्षको ९ भदौ यताकै उच्च हो ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्से स्थिर बसेको थियो । यद्यपि, गत साताको बिहीबार भने नेप्से ७५.८४ अंकले, बुधबार ३४ अंकले र मंगलबार ३४ अंकले बढेको थियो ।

सोमबार नेप्सेमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल २१ अर्ब माथिको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको मात्रै घटेको छ ।
माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो । बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन् । उन्नति सहकार्य लघुवित्तको ९.४०, फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशत मूल्य बढ्यो ।

सोमबार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

यस्तै, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077