Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढाकामा वायुसेनाको तालिम विमान विद्यालयमा ठोक्किँदा १६ जनाको मृत्यु, सयौं घाइते

ढाकामा वायुसेनाको तालिम विमान विद्यालयमा ठोक्किँदा १६ जनाको मृत्यु, सयौं घाइते

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । बाङ्ग्लादेशको राजधानी ढाकामा सोमवार अपराह्ण वायुसेनाको एक तालिम विमान दुर्घटनामा पर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

बीबीसी बाङ्ग्लाले जनाएअनुसार दुर्घटनामा १५० जनाभन्दा बढी घाइते भएका छन्।

वायुसेनाले तालिमका लागि प्रयोग गरिने विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको पुष्टि गरेको छ।

दुर्घटनामा परी अधिकांश घाइतेहरू सो विद्यालयका विद्यार्थीहरू रहेको जनाइएको छ।

बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सहयोगी प्राध्यापक सयेदुर रहमानले मृतकको संख्या पुष्टि गरेका हुन्।

जलेर गम्भीर घाइते भएका ७३ जनालाई अस्पतालमा भर्ना गरिएको छ। घटनामा परी केही अभिभावकहरू समेत मारिएका हुनसक्ने आशंका गरिएको छ।

प्रत्यक्षदर्शी तथा कक्षा १० का विद्यार्थी फरहान हसन समुद्रका अनुसार दुर्घटना बेलामा विद्यालयमा परीक्षा चलिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077