काठमाडौं । अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको छ ।
संघले साउन ६ गतेदेखि लागु हुनेगरी प्रतिक्रेट १५ रुपैयाँ बढाएर ठूलो अण्डाको मूल्य बढाएर ५१० रुपैयाँ पुर्याएको हो ।
यसअघि गत असार २० गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ पुर्याएको थियो ।
त्यस्तै, मिडियम अण्डाको मूल्य पनि संघले प्रतिक्रेट १५ रुपैयाँ बढाएर प्रतिक्रेट ४८० रुपैयाँ पुर्याइएको छ ।
यसअघि मिडियम अण्डाको मूल्य ४६५ रुपैयाँ रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
त्यसैगरी चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ ।
यो सबै खर्च समायोजन गरी बजारमा पाउँदै आएको अण्डाको मूल्य निर्धारण हुनेछ ।