Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतका उपराष्ट्रपति धनखडले दिए राजीनामा

भारतका उपराष्ट्रपति धनखडले दिए राजीनामा

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य कारण देखाउँदै सोमबार उपराष्ट्रपति पदबाट राजीनामा दिएका हुन् ।

उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा चिकित्सकीय सल्लाहअनुसार स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भएकाले तत्काल पदबाट राजीनामा बुझाएको उल्लेख छ ।

धनखडले राष्ट्रपतिको सहयोग र सौहार्दपूर्ण सम्बन्धप्रति धन्यवाद व्यक्त गरेका छन्। त्यस्तै, उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पनि कार्यकालभर साथ र सहकार्यका लागि आभार प्रकट गरेका छन् ।

धनखड सन् २०२२ मा भारतका १४औँ उपराष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077