काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ ।
चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ ।
यसअघि असार ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।