Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, २० प्रतिशत छुटको व्यवस्था

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, २० प्रतिशत छुटको व्यवस्था

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।

बैंकले आज एक विज्ञप्ति जारी यसबारे जानकारी गराएको हो ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।’

बैंकका अनुसार यो सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077