Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुन तोलामा २१०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड !

सुन तोलामा २१०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड !

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको हो ।

यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077