Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन राइनोजले सार्वजनिक गर्‍यो नयाँ लोगो

चितवन राइनोजले सार्वजनिक गर्‍यो नयाँ लोगो

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आउँदो दोस्रो सिजनका लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीले ‘चितवन’ शहरको पहिचानभन्दा ‘राइनोज’ अर्थात् गैंडाको प्रतीकलाई मुख्य प्राथमिकतामा राखेर नयाँ लोगो सार्वजनिक गरेको हो ।

गत सिजनको लोगोमा शहरको पहिचानलाई केन्द्रमा राख्दै ‘चितवन’ शब्दलाई अगाडि राखिएको थियो । तर, यसपटक सार्वजनिक गरिएको लोगोमा ‘राइनोज’ अर्थात् गैंडालाई मुख्य प्रतीकको रूपमा प्रस्तुत गरिएको छ । टोलीले यो परिवर्तनलाई केवल डिजाइनमा मात्र नभई समर्पण र गर्वको झल्कोको रूपमा व्याख्या गरेको छ।

टोलीका अनुसार, गत सिजनमा मस्कट ‘मिस्टर गैंडा’ ले कमाएको अभूतपूर्व लोकप्रियताले फ्यानहरूको चाहनालाई स्पष्ट पारेको थियो। यही माया र समर्थनलाई कदर गर्दै नयाँ लोगोमार्फत फ्यानहरूको भावनासँग अझ नजिकिने प्रयास गरिएको विज्ञप्तिमा भनिएको छ ।

नयाँ लोगो फ्यानहरूको रोजाइ र टिमको मर्मलाई स्पष्ट रूपमा देखाउने प्रयास भएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077