Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश एबिएम पक्राउ

बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश एबिएम पक्राउ

बिहिवार , श्रावण ८, २०८२

ढाका । बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश एबिएम खैरुल हकलाई प्रहरीले पक्राउ गरेको छ। डिटेक्टिभ शाखा डिबी प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज बिहान धानमन्डी निवासबाट पक्राउ गरेको हो ।

डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन् ।

अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए ।

यसअघि १५ अगस्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो । फतुल्ला थाना बिएनपीका महासचिव तथा नारायणगञ्ज जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गरेका थिए ।

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेवा गरेका राजनीतिज्ञ, अर्थशास्त्री, शीर्ष निर्वाचन अधिकारी, नौकरशाह र प्रहरीसहित विभिन्न स्तरका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077