Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनसँग सीमा जोडिएको स्थानबाट ४९ जना बोकेको रुसको यात्रुवाहक विमान सम्पर्कविहीन

चीनसँग सीमा जोडिएको स्थानबाट ४९ जना बोकेको रुसको यात्रुवाहक विमान सम्पर्कविहीन

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो।

‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

हराएको विमानको खोजी कार्य भइरहेको सीएनएनले जनाएको छ । त्यहाँका गभर्नर भासिली ओरलोभका अनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

‘विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ’, गभर्नर ओरलोभले भनेका छन् ।

मौसम र भौगोलिक अवस्थाका कारण विमान खोजीमा चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077