Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणा

प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणा

शुक्रवार , श्रावण ९, २०८२

एजेन्सी । फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सो घोषणा गरेका हुन् ।

‘मध्यपूर्वमा न्यायपूर्ण र दीर्घकालीन शान्तिप्रति आफ्नो ऐतिहासिक प्रतिबद्धतामा दृढ रहँदै, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ,’ म्याक्रोनले सामाजिक संजाल एक्स मा लेखेका छन्।

उनले गाजाका बासिन्दाहरूका लागि मानवीय सहायता पहुँच, सबै बन्धकहरूको मुक्तिसहित तुरुन्त युद्धविरामको आह्वान पनि दोहाराए।

‘गाजामा युद्ध अन्त्य गर्नु र त्यहाँको नागरिक जनसंख्यालाई उद्धार गर्नु अहिलेको सबैभन्दा जरुरी आवश्यकता हो,’ उनले भने, हामीले प्यालेस्टिनी राज्य निर्माण गर्नुपर्छ, त्यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नुपर्छ, र यसले आफ्नो निशस्त्रीकरण स्वीकार गर्दै तथा इजरायललाई पूर्णरूपमा मान्यता दिँदै, मध्यपूर्वमा सबैका लागि सुरक्षा सुनिश्चित गर्न योगदान गर्नुपर्छ। विकल्प अरू केही छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077