एजेन्सी । कम्बोडिया र थाइल्यान्डबिच जारी द्वन्द्व बढ्दै गइरहेको छ । आज पनि दुई देशबिचको सीमामा गोलीबारी भएको दाबी गरिएको छ ।
यस द्वन्द्वमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने एक लाखभन्दा धेरै मानिस विस्थापित भएको बताइएको छ ।
दुवै तर्फबाट आक्रमणका लागि गोलीबारी, क्षेप्यास्त्रको प्रयोग भइरहेको छ । आक्रमणपछि हिंसा प्रभावित क्षेत्रहरूबाट आम मानिसहरू बसाइँ सर्न थालेका छन् ।
महिनौँदेखि दुई देशको सीमामा ८०० किमी विवादित खन्डको विषयमा थाइल्यान्ड र कम्बोडियाबिच बहस चलिरहेको थियो ।