Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)मा खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको टी-१० टेनिस क्रिकेट प्रतियोगिताका निम्ति आयोजकले बिहीबारदेखि खेलाडी दर्ता सुरु गरेको हो ।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीले एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत नाम दर्ता गराउन सक्नेछन् ।

दर्ता शुल्क ब्याटर र बलरका लागि एक हजार तोकिएको छ । यस्तै, अलराउन्डरका लागि एक हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077