Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थाइल्याण्डले दियो कम्बोडियासँग युद्ध हुनसक्ने चेतावनी

थाइल्याण्डले दियो कम्बोडियासँग युद्ध हुनसक्ने चेतावनी

शुक्रवार , श्रावण ९, २०८२

एजेन्सी । थाइल्याण्डले कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ चेतावनी दिएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथान वेचायाचाइले यस्तो चेतावनी दिएका हुन् ।

शुक्रबार दुई मुलुकबीचको तनाव दोस्रो दिन पनि जारी रहेका बेला थाइल्याण्डले यस्तो चेतवानी दिएको हो । बिहीबार शुरु भएको पछिल्लो तनावका क्रममा हालसम्म १६ जनाको ज्यान गइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा १५ जना थाइल्याण्डका छन् भने एक जना कम्बोडियाका छन् । यसअघि बिहीबार कम्बोडिया र थाइल्याण्डले एक अर्कामाथि गोलाबारी गरेको आरोप लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077