Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलको अक्सन साउन २४ मा

एनपीएलको अक्सन साउन २४ मा

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यानं)ले दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी गराउँदै साउन २४ मा अक्सन हुने जानकारी गराएको हो ।

क्यानले कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गराएको पनि जनाएको छ ।

क्यानका अनुसार दर्ता भएका खेलाडीहरुको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ। प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीको प्राथमिकताअनुसार अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची सार्वजनिक गरिने छ।

यसअघि आठ वटै टोलीले आ–आफ्ना रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077