Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरानमा बन्दुकधारीको आक्रमणबाट आठको मृत्यु, आक्रमणकारी पनि मारिए

इरानमा बन्दुकधारीको आक्रमणबाट आठको मृत्यु, आक्रमणकारी पनि मारिए

शनिवार , श्रावण १०, २०८२

एजेन्सी । इरानको दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ।

इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार आक्रमणमा संलग्न तीन आतङ्ककारीको पनि मृत्यु भएको छ, भने दर्जनौं घाइते भएका छन् ।

गोलीबारी र विस्फोटका साथमा भएको यो आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय रहेको अतिवादी संगठन जैश अल–अदलले लिएको जनाइएको छ।

इरानले यस समूहलाई आतङ्ककारी संगठनको रूपमा सूचीबद्ध गरेको छ, जुन इरान भित्र पनि सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077