Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थाइल्यान्ड र कम्बोडियाबीच जारी युद्ध अन्त्य गर्न डोनाल्ड ट्रम्पको आग्रह

थाइल्यान्ड र कम्बोडियाबीच जारी युद्ध अन्त्य गर्न डोनाल्ड ट्रम्पको आग्रह

आइतवार , श्रावण ११, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया दुवैलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा तीन पोस्ट गर्दै उनले सो आग्रह गरेका हुन् ।

उनले आफूले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीसँग कुराकानी गरेको र दुवै देशले अब युद्धविराम चाहेको बताए । शान्ति स्थापनापछि दुवै देशसँग व्यापार सम्झौता हुने उनले आशा व्यक्त गरे ।

थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाईले सैद्धान्तिक रूपमा आफूहरू युद्धविराममा सहमत भएको पुष्टि गरे । तर, उनले यो विषयमा कम्बोडिया पक्षबाट इमानदारी देख्न चाहेको बताए ।

ट्रम्पले केही मिनेटको अन्तरालमा तीन पोस्ट गर्दै कम्बोडियाका प्रधानमन्त्रीसँग निकै राम्रो कुराकानी भएको उल्लेख गरेका छन् ।

थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077