Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकैदिन तोलामा ११ सयले घट्यो सुनको भाउ

एकैदिन तोलामा ११ सयले घट्यो सुनको भाउ

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077