Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु, दर्जनौं घाइते

मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु, दर्जनौं घाइते

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । हिन्दू धर्माबलम्बीहरूको पवित्रस्थल हरिद्वारमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको मनसा देवी मन्दिरमा आइतबार भएको घटनाको मुख्यमन्त्री पुष्करसिंह धामीले पुष्टि गरेका छन् ।

हरिद्वारका एसएसपी प्रमोद सिंह डोबल र डीएम मयुर दीक्षितले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार हालसम्म करेन्ट वा बिजुलीको तारसँग सम्बन्धित हल्ला फैलिएका कारण यो भागदौड भएको पत्ता लागेको छ। यद्यपि, अनुसन्धान पछि ठोस जानकारी उपलब्ध हुनेछ।

हरिद्वारका डीएम मयुर दीक्षितले आज बिहान ९ बजेतिर मनसा देवीको सिँढीमा भागदौड भएको जानकारी दिइएको बताए।

एसएसपी प्रमोद सिंह डोबलले भने–‘आज बिहान हामीले नियन्त्रण कक्ष मार्फत जानकारी पायौं कि मनसा देवी मुख्य सडकमा भागदौडका कारण केही व्यक्तिको मृत्यु भएको छ। जानकारी पाउने बित्तिकै प्रहरी बल घटनास्थलमा पुग्यो। करिब ३५ जनालाई अस्पताल ल्याइएको थियो, जसमध्ये छ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाँकीको उपचार भइरहेको छ।’

एसएसपीले घटनाको पछाडिको कारणहरूको पनि अनुसन्धान भइरहेको र प्रमाण सङ्कलन भइरहेको बताए।

उनले भने–‘मनसा देवी मुख्य सडक पछि सुरु हुने भर्‍याङ अलि साँघुरो छ। त्यहाँ बिजुलीको करेन्ट छ भन्ने हल्ला फैलियो। मलाई लाग्छ कि यो हल्लाका कारण भागदौड मच्चियो।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077