Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ठूलो दुर्घटनाबाट जोगियो अमेरिकन बोइङ विमान, १७३ जनाको सकुशल उद्धार

ठूलो दुर्घटनाबाट जोगियो अमेरिकन बोइङ विमान, १७३ जनाको सकुशल उद्धार

आइतवार , श्रावण ११, २०८२

एजेन्सी । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक ठूलो दुर्घटना हुन्बाट जोगिएको छ । मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको ल्यान्डिङ गियर फेल हुँदा टेकअफ रोक्दा विमानको पछिल्लो भागमा आगो लागेको हो ।

यो घटना अमेरिकाको समय अनुसार दिउँसो २:४५ बजे भएको थियो। विमानमा १७३ यात्रु र ६ क्रु सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको छ ।

दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको थियो र एक जनालाई अस्पतालमा भर्ना गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेका छन्।

१२ जुनमा अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमान पनि बोइङ कम्पनीकै थियो। ‘बोइङ ७८७-८’ मोडलको उक्त विमान टेकअफ भएको दुई मिनेटमै दुर्घटना हुँदा २७० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077