Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वविजेता स्पेनलाई हराउँदै इंग्ल्यान्ड फेरि युरोपेली च्याम्पियन

विश्वविजेता स्पेनलाई हराउँदै इंग्ल्यान्ड फेरि युरोपेली च्याम्पियन

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । विश्वकप विजेता स्पेनलाई हराउँदै इंग्ल्यान्डले महिला युरो कपको उपाधि जितेको छ ।

आइतबार राति स्विट्जरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले पेनाल्टी सुटआउटमा स्पेनलाई ३–१ ले हराएको हो ।

स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट ज्याकोब पार्कमा भएको फाइनल खेलमा निर्धारित र थप समय पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको थियो ।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको यो पहिलो ठूलो उपाधि हो । सेमिफाइनलमा इङ्ग्ल्यान्डले इटालीलाई र स्पेनले जर्मनीलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077