Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजामा कुपोषणको संकट गहिरिँदै, डब्लुएचओको गम्भीर चेतावनी

गाजामा कुपोषणको संकट गहिरिँदै, डब्लुएचओको गम्भीर चेतावनी

सोमवार , श्रावण १२, २०८२

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको भन्दै गम्भीर चेतावनी जारी गरेको छ ।

पछिल्लो राहत वितरणपछि सार्वजनिक चेतावनीमा डब्लुएचओले बालबालिका र आमनागरिकको जीवन खतरामा परेको बताएको हो ।

इजरायलले गाजाको केही क्षेत्रमा दैनिक १० घण्टा सैनिक कारबाही रोकिने बताउँदै मानवीय राहतका लागि मार्ग खुला गर्ने निर्णय गरेको छ।

उक्त निर्णयपछि जोर्डन र संयुक्त अरब इमिरेट्सले हिजो गाजामा २५ टन राहत सामग्री हवाईमार्गबाट पठाएका छन् भने इजिप्ट र जोर्डनबाट राहत बोकेको थुप्रै ट्रक गाजामा प्रवेश गरेका छन् ।

तर, राहत मार्ग नजिकै इजरायली गोलीबारी हुँदा कम्तीमा ९ जना मारिएको र ५४ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिवारको युद्धविराम सुरु भएको एक घण्टामै गाजाको आवासीय भवनमा आक्रमण भएको थियो ।

मध्य गाजास्थित नत्जारिम कोरिडोरमा संयुक्त राष्ट्रसंघको राहतको प्रतीक्षामा रहेका नागरिकमाथि गोली चलाइएको छ। इजरायली सेनाले शंकास्पद समूहू नजिक आएपछि चेतावनीस्वरूप गोली चलाएको दाबी गर्दै घटनाको विस्तृत विवरण अझै उपलब्ध नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077