Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थाइल्याण्ड–कम्बोडिया युद्ध : २४ घण्टे युद्धविरामले कस्तो आउला परिणाम ?

थाइल्याण्ड–कम्बोडिया युद्ध : २४ घण्टे युद्धविरामले कस्तो आउला परिणाम ?

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । विगत पाँच दिनदेखि संघर्षरत थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न तयार भएका छन् ।

मलेशियामा आयोजित शान्ति वार्तापछि दुबै मुलुक युद्ध विरामका लागि सहमत भएको मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले जानकारी दिएका छन् ।

यस वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरिरहेका छन् । उनकै निवासमा वार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

आगामी मध्यरातदेखि दुबै मुलुकले २४ घण्टे युद्ध विरामका लागि सहमति जनाएको इब्राहिमले जनाए । मलेशियामा आयोजित शान्ति वार्तामा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता भएको हो ।

गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ ।

द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ७० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।

एक दिनका लागि मात्रै भएको युद्धविरामले सुखद् परिणाम दिनेमा तीनै देशका नेताहरु ढुक्क रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077