Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । हिजोको तुलनामा डलरको मूल्य बढेको हो । सोमबार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम थियो ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७२ पैसा र बक्रीदर १०८ रुपैयाँ १९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ तीन पैसा कायम गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा तोकिएको छ ।

बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ नौ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६० रुपैयाँ ९५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077