Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुटिनलाई ट्रम्पको चेतावनी - १० देखि १२ दिनभित्र युक्रेनसँग युद्धविराम गर्नू

पुटिनलाई ट्रम्पको चेतावनी - १० देखि १२ दिनभित्र युक्रेनसँग युद्धविराम गर्नू

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम गर्नका लागि १० देखि १२ दिनको नयाँ ‘डेट लाइन’ दिएका छन् । राष्ट्रपति ट्रम्पले शान्तिका लागि गरिएका प्रयास खेर गइरहेको तथा समय त्यत्तिकै बितिरहेको समयमा धेरै कुर्नु आवश्यक नरहेको बताएका हुन् ।

दुई साता अघि राष्ट्रपति ट्रम्पले रुसलाई युक्रेनसँगको युद्ध विरामका लागि ५० दिनको समय दिँदै नयाँ प्रतिबन्धको चेतावनी पनि दिएका थिए । स्कटल्यान्डमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सोमबार या मङ्गलबार नयाँ कर तथा प्रतिबन्धको बारे पनि घोषणा गर्ने बताए ।

दुई हप्ताअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न ५० दिनको समयसीमा दिएका थिए, अन्यथा रुसले कडा भन्सार करको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । उनले मस्कोमाथि थप प्रतिबन्ध र दोस्रो भन्सार कर लगाउने धम्की दोहोर्‍याए ।

यसअघि जुलाईमा उनले रुससँग व्यापार गर्ने कुनै पनि देशमाथि १०० प्रतिशत भन्सार कर लगाइने बताएका थिए ।

यता, पुटिनले भने अहिलेसम्म कुनै पनि समयसीमाबारे टिप्पणी गरेका छैनन् । जब सुरुमा ५० दिनको समयसीमा घोषणा गरिएको थियो, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले यसलाई धेरै गम्भीर भन्दै मस्कोलाई यसको विश्लेषण गर्न समय चाहिने बताएका थिए ।

सोमबार दिउँसोको ताजा घटनाक्रममा, रुसी सांसद आन्द्रे गुरुल्योवले ट्रम्पको अल्टिमेटम अब अग्रमोर्चा र मस्को कतै पनि काम नलाग्ने बताएका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077