Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिवलाई जल चढाउन हिंडेका भारतीय तीर्थयात्री सवार बस दुर्घटना, १८ जनाको मृत्यु

शिवलाई जल चढाउन हिंडेका भारतीय तीर्थयात्री सवार बस दुर्घटना, १८ जनाको मृत्यु

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । भारतको झारखण्ड राज्यमा मंगलबार बिहान भएको सडक दुर्घटनामा परि १८ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको छ ।

खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक र तीर्थयात्री सवार बस एकापसमा ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बसमा सवार तीर्थयात्रीहरू साउन महिनाको पवित्र अवसरमा भगवान् शिवको दर्शनका लागि गंगा जल बोकेर यात्रा गरिरहेका थिए ।

स्थानीय सांसद निशिकान्त दुबेले सामाजिक सञ्जालमार्फत दुर्घटनाको जानकारी दिँदै ‘बस र ट्रक ठोक्किँदा १८ जना भक्तजनको ज्यान गएको’ उल्लेख गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077