एजेन्सी । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा संलग्न तीन पाकिस्तानी आतंकवादी मारिएको दाबी गरिएको छ ।
भारतीय गृहमन्त्री अमित शाहले मंगलबार लोकसभामा बोल्दै उनले सुलेमान उर्फ असिफ जट्ट, अफगान र जिब्रान नाम गरेका तीन पाकिस्तानी नागरिक ‘अपरेसन महादेव’ अन्तर्गत सुरक्षा बलद्वारा मारिएको जानकारी दिएका हुन् ।
कश्मीरमा एक नेपालीसहित २६ जनाको गोली हानी हत्या भएको तीन महिनाभन्दा बढी समयपछि सोमबार सैन्य कारबाहीमा हतियारधारी ती मानिस मारिएको उनले जानकारी दिए । सोमबारको कारबाहीको नाम ‘अपरेसन महादेव’ रहेको छ ।
गृहमन्त्री शाहले मारिएका तीनमध्ये दुई जना पाकिस्तानमा रहेको संयुक्त राष्ट्र संघद्वारा घोषित आतंकवादी समूह लस्कर–ए–तैयबाका सदस्य रहेका बताए ।