एजेन्सी । नेदरल्यान्ड्सले इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिच र सुरक्षामन्त्री इतमार बेन–ग्विरलाई देश प्रवेशमा रोक लगाएको छ ।
यी दुवै जनामाथि गाजामा हिंसा भड्काएको आरोप छ ।
नेदरल्यान्ड्सभन्दा पहिले ६ देशले यी दुई नेतालाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेका छन् ।
डच विदेशमन्त्री क्यास्पर वेल्डक्याम्पले यो निर्णय यी मन्त्रीहरूले बारम्बार प्यालेस्टिनीहरूमाथि हिंसा भड्काएको, अवैध यहूदी बस्तीहरूको विस्तारको वकालत गरेको र गाजामा जातीय सफाया गर्ने कुरा गरेको कारणले लिइएको सोमबार बताए ।