Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

४८ अंकले घट्यो नेप्से, साढे १६ अर्बको कारोबार

४८ अंकले घट्यो नेप्से, साढे १६ अर्बको कारोबार

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ४७.९३ अंकले घटेको छ ।

आज नेप्से परिसूचक १.५९ प्रतिशतले घटेर २,९५४.१४ विन्दुमा बन्द भएको हो ।

मंगलबार नेप्से परिसूचक चार वर्षयताकै उच्च विन्दुमा पुगेर ३,००२.०७ विन्दुमा बन्द भएको थियो । एकैदिन ३० अंकले बढेकाले पनि बजारमा प्रोफिट बुक गर्नेहरू हाबी भएको देखिन्छ ।

आज सेयर कारोबार रकम दुई अर्बले घटेको छ । यसदिन १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज २३ कम्पनीको सेयरमूल्य बढ्दा २२६ कम्पनीको सेयरमूल्य घटेको छ । सान्भी इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

सान्भी इनर्जीको सेयरमूल्य प्रतिकित्ता ८४५ रुपैयाँ ९० पैसा कायम भएको छ । ट्रेड टावरको सेयरमूल्य प्रतिकित्ता ९४८ रुपैयाँ ९० पैसा कायम भएको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०४ प्रतिशतले घटेर एक हजार २४७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको एक अर्ब ३२ करोड १२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ८३ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ‘अन्य’ समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । ‘अन्य’ समूहको परिसूचक ०.८५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077