Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्यानको बोर्ड बैठक सुरू, एनपीएलको प्रतिवेदन पेश हुँदै

क्यानको बोर्ड बैठक सुरू, एनपीएलको प्रतिवेदन पेश हुँदै

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सुरू भएको छ।

अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको केन्द्रीय कार्यालय मुलपानीमा बोर्ड बैठक सुरू भएको हो। बैठकमा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको हिसाबकिताब सहित छलफलका १२ एजेन्डा छन्।

आज बैठकको प्रमुख एजेन्डा भने एनपीएल नै हुने क्यानले जनाएको छ । सचिव पारस खड्काले एनपीएल आयोजनाको समग्र संश्लेषण गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै क्यानको वार्षिक साधारण सभा र जिल्ला क्रिकेट संघको निर्वाचनमा पनि छलफल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077