Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको प्रमुख सहर चासिव–यार कब्जा गरेको रुसको दाबी

युक्रेनको प्रमुख सहर चासिव–यार कब्जा गरेको रुसको दाबी

शुक्रवार , श्रावण १६, २०८२

एजेन्सी । रुसले पूर्वी युक्रेनको रणनीतिक सहर चासिव–यार कब्जामा लिएको दाबी गरेको छ । लगभग १८ महिनादेखि जारी भीषण युद्धपछि रुसी सेनाले सहरमा प्रवेश गरेको जनाइएको हो ।

रुसी रक्षा मन्त्रालयले बिहीबार ड्रोन फुटेज सार्वजनिक गर्दै आफ्ना सैनिकहरू सहरका केही भागमा पुगेको र त्यहाँबाट ४,२०० भन्दा बढी भवन तथा संरचना खाली गराइएको दाबी गरेको छ । साथै, करिब ५० युक्रेनी सैनिकलाई बन्दी बनाएको जानकारी पनि दिएको छ ।

चासिव–यार, बखमुत सहरबाट केही माइल पश्चिमतर्फ अवस्थित छ, जहाँ महिनौँदेखि दुई पक्षबीच कडा संघर्ष चलिरहेको छ ।

यद्यपि, युक्रेनले सहर गुमाएको दाबी अस्वीकार गरेको छ । युक्रेनी ११औँ आर्मी कोरले “चासिव–यार अझै हाम्रै नियन्त्रणमा छ” भनी वक्तव्य जारी गरेको छ । तर, युक्रेनले रुसी सेनाले चासिव–यार नजिकैका क्षेत्रमा तीव्र आक्रमण गरिरहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077