एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग उठेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले विश्वभरका ठूला द्वन्द्वमा ऐतिहासिक भूमिका खेलेको बताउँदै अब उनलाई नोबेल पुरस्कारबाट सम्मान गर्ने समय आएको दाबी गरेकी हुन् ।
प्रेस ब्रिफिङमा बोल्दै लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा औसतमा प्रत्येक महिनामा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गर्नुभएको छ ।”
उनका अनुसार ट्रम्पको पहलमा इजरायल–इरान, भारत–पाकिस्तान, थाइल्याण्ड–कम्बोडिया, रुवान्डा–कंगो, सर्बिया–कोसोभो, र इजिप्ट–इथियोपियाबीचको द्वन्द्वमा सम्झौता सम्भव भएको हो ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले समेत ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको सिफारिस गरेका थिए ।