काठमाडौं । सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको व्यवसायिक छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंक बिरुद्ध आन्दोलित भएका छन् ।
बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै १५ इन्जिनियरिङ पेशासँग सम्बन्धित संघ÷संस्थाका अध्यक्षहरुले सम्पत्ति मुल्यांकन पेशामा देखिएका विद्यमान चुनौती तथा समस्या समाधानका लागि विभिन्न जायज मागहरु राखेर एनभिएले साउन १२ गतेदेखि सुरु गरेको चरणबद्ध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै बैंक बिरुद्धको आन्दोलित भएका हुन् ।
एनभिएले एनआइएमबी बैंकबिरुद्ध आफ्ना ६ बुंदे मागसहित पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
पहिलो चरणमा साउन १२–२३ गते सम्म आन्दोलनका कार्यक्रम हुनेछन् । पहिलो दिन साउन १२ गते अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयमा सम्पूर्ण धितो मुल्यांकनको कार्य बन्द गरिएको थियो ।
साउन १९–२० गते बैंकहरुले दिएको दुःख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघलाई जानकारी गराउने र पत्रकार सम्मेलन गर्ने कार्यक्रम सोच रहको सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, एनभिएले साउन २३ गते एनआइएमबी बैंकको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयमा विरोध तथा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
पहिलो चरणको आन्दोलनमा माग पुरा नभए कडा रुपमा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने समेत एनभिएले बताएको छ ।
सम्पत्ति मुल्यांकन पेशामा देखिएका विद्यमान चुनौती तथा समस्या समाधानका लागि एनभिएले विभिन्न जायज मागहरु अघि सारेको उनीहरुले बताएका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति
