Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मलेसियामा पलेशाले जितिन् कास्य

मलेसियामा पलेशाले जितिन् कास्य

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । नेपाली पारा ओलम्पियन पलेशा गोर्बधनले मलेसियाको कुचिङमा जारी १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी छन् । 

पलेशाले शुक्रबार मलेसियाको कुचिङमा भएको च्याम्पियनसिपमा महिला ५७ केजीमुनि के–४४ क्याटेगोरीमा कास्य पदक जितेकी हुन् ।

पलेशा सेमिफाइनलमा चीनकी लि युजीसँग पराजित भइन् ।

यसअघि पलेशाले एसियन पारा तेक्वान्दो च्याम्पियनसिप, सन् २०१८ मा भियटनाममा सम्पन्न एसियन पारा गेम्समा ५८ किलो तौल समुहमा कास्य, सन् २०२२ मा चीनको हाङझाउमा ५७ किलो तौल समूहमा कास्य, सन् २०२१ मा बहराइनको मनामामा सम्पन्न एसियन यूथ पारा गेम्समा ५७ केजी तौल समुहमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077