Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इरानी राष्ट्रपति पेजेश्कियान पाकिस्तानमा

इरानी राष्ट्रपति पेजेश्कियान पाकिस्तानमा

शनिवार , श्रावण १७, २०८२

एजेन्सी । इरानी राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तानको दुई दिने भ्रमणका लागि इस्लामाबाद आएका छन् ।

प्रधानमन्त्री शेहबाज शरीफ, विदेशमन्त्री इशाक दारसहित अन्य उच्च अधिकारीले नूर खान एयर बेसमा उनको स्वागत गरेका हुन् । पाकिस्तानमा उनलाई २१ तोपको सलामी दिइएको छ ।

पेजेश्कियानसँगै विदेशमन्त्री अब्बास अराघची र उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल आएको छ। लाहोरमा अल्लामा इकबालको समाधिस्थलको भ्रमण गरेर उनी इस्लामाबाद पुगेका हुन्।

लाहोरमा पीएमएल–एनका अध्यक्ष नवाज शरीफ र पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले उनलाई स्वागत गरेका थिए।

पेजेश्कियानले राष्ट्रपति जरदारी, सिनेट अध्यक्ष, सभामुखसँग भेट्ने कार्यक्रम रहेको पाकिस्तानी सञ्चारमाध्यमले जानकारी दिएका छन् । प्रधानमन्त्री शरीफसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077