Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नछोड्ने हमासको अडान

प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नछोड्ने हमासको अडान

आइतवार , श्रावण १८, २०८२

एजेन्सी । हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नछोड्ने अडान दोहोर्‍याएको छ ।

गाजामा युद्धविरामका लागि जारी वार्तामा इजरायलको मुख्य मागमध्ये एकबारे जवाफ दिँदै हमासले उक्त अडान स्पष्ट पारेको हो ।

सशस्त्र प्यालेस्टिनी समूहका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विटकफले “हमास हतियार राख्न तयार छ” भन्ने दाबी गरेका थिए। तर, त्यसको प्रत्युत्तरमा हमासले पूर्ण सार्वभौम प्यालेस्टिनी राज्य स्थापनापछि मात्र हतियार राख्ने भनाइ दोहोर्‍याएको हो।

इजरायलले हमासको हतियार राख्ने सर्तलाई द्वन्द्व अन्त्य र कुनै पनि सम्भावित सम्झौताका लागि मुख्य पूर्वसर्तका रूपमा राख्दै आएको छ।

युद्धविराम र बन्धक रिहाइका लागि इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता गत हप्ता रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077