Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पलाई रूसको कडा जवाफ - पनडुब्बी सम्हाल्न सक्षम छौँ

ट्रम्पलाई रूसको कडा जवाफ - पनडुब्बी सम्हाल्न सक्षम छौँ

आइतवार , श्रावण १८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा रूसनजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने निर्णयप्रति रूसी सांसदले कडा प्रतिक्रिया जनाएका छन् ।

रूसी सांसद भिक्टर भोडोलात्स्कीले आफ्नो देशसँग पहिलेदेखि नै प्रशस्त न्युक्लियर पनडुब्बी रहेको दाबी गर्दै भने, “रूसका परमाणु पनडुब्बीहरूको संख्या अमेरिकाको भन्दा धेरै छ। ट्रम्पले पठाइरहेका ती दुई पनडुब्बी पहिल्यै हाम्रो निसानामा छन्, त्यसैले विशेष प्रतिक्रिया आवश्यक छैन।”

पनडुब्बी तैनाथीबारे राष्ट्रपति ट्रम्पले भनेका छन्, “हामीलाई यो गर्नैपर्थ्यो। हामीलाई धम्की दिइएको थियो र यो उचित लागेन। यो मेरो जनताको सुरक्षाका लागि हो। परमाणु शक्तिको कुरा आउँदा हामी तयार हुनुपर्छ।”

यसअघि ट्रम्पले दिमित्री मेदभेदेवलाई ‘असफल पूर्वरूसी राष्ट्रपति’ भनेका थिए । जवाफमा मेदभेदेवले चेतावनी दिँदै भने, “ट्रम्प रूससँग अल्टिमेटमको खेल खेलिरहेका छन्। रूस न त इजरायल हो न इरान। हरेक नयाँ अल्टिमेटम युद्धतर्फको कदम हो।”

ट्रम्पको आदेशपछि दुई अमेरिकी परमाणु पनडुब्बी रूसनजिकै तैनाथ गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077