Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

८.६३ अंकले बढ्यो नेप्से, घट्यो कारोबार

८.६३ अंकले बढ्यो नेप्से, घट्यो कारोबार

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजार आज बढेको छ ।

सेयरबजार परिसूचक नेप्से आज ८.६३ अंकले बढेर २८६७.५३ विन्दुमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १० अर्ब ८२ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको हो।

तीन दिनपछि बढेको बजारमा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।

आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077