काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु-२० सेभेन्स च्याम्पियनसिप का लागि नेपाली यु-२० महिला रग्बी टोली घोषणा गरेको छ।
भारतमा साउन २४ देखि २७ गतेसम्म आयोजना हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ का लागि १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो ।
सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो ।
नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की बलम्पाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोशना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही छिन् ।
यस च्याम्पियनसिप मा एसियाका विभिन्न ११ राष्ट्रबाट ८ महिला र ८ पुरुष यु–२० टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारस्थित राजगीर स्पोर्ट्स कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुने रग्बी संघले जनाएको छ ।