Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतमाथि भन्सार कर फेरि बढाउने ट्रम्पको चेतावनी

भारतमाथि भन्सार कर फेरि बढाउने ट्रम्पको चेतावनी

मंगलवार , श्रावण २०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारतमा भन्सार कर (ट्यारिफ) बढाउने चेतावनी दिएका छन् ।

भारतले रूससँगको तेल व्यापारमार्फत युक्रेन युद्धलाई अप्रत्यक्ष सहयोग पुर्‍याइरहेको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन् ।

“भारतले रूसबाट ठूलो परिमाणमा तेल खरिद गरिरहेको मात्र छैन, त्यसको ठूलो हिस्सा खुला बजारमा बेचेर ठूलो नाफा कमाइरहेको छ,” ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “उनीहरूलाई युक्रेनमा रूसको युद्धले कति मानिसको ज्यान लिइरहेको छ भन्ने कुनै चिन्ता छैन । यही कारणले म भारतमा ट्यारिफ दर बढाउन गइरहेको छु ।”

यसअघि, जुलाई ३० मा पनि ट्रम्पले भारतमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए ।

उनले चेतावनी दिँदै भनेका थिए कि भारतले रूसबाट सैन्य उपकरण र तेल खरिद जारी राखेमा हालको भन्सार करबाहेक थप जरिवाना पनि लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077