Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इजरायली पूर्वसुरक्षा अधिकारीहरूले गाजा युद्ध अन्त्य गर्न ट्रम्पलाई लेखे पत्र

इजरायली पूर्वसुरक्षा अधिकारीहरूले गाजा युद्ध अन्त्य गर्न ट्रम्पलाई लेखे पत्र

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । इजरायलका ६०० भन्दा बढी पूर्वसुरक्षा अधिकारीहरूको समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन् । अधिकारीहरूले गाजामा चलिरहेको युद्ध तत्काल रोक्नका लागि इजरायलमाथि दबाब दिन ट्रम्पलाई आग्रह गरेका हुन् ।

पत्रमा अधिकारीहरूले भनेका छन्- 'इजरायली जनतामाझ तपाईंको लोकप्रियता र विश्वासले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको सरकारलाई सही दिशामा लैजान तपाईंलाई सहयोग गर्नसक्छ, पूर्वअधिकारीहरू लेखेका छन्, यो युद्ध रोक्नुहोस्, बन्धकहरूलाई फिर्ता गर्नुहोस् र जनताको पीडा समाप्त गर्नुहोस् ।'

प्रधानमन्त्री नेतन्याहू गाजामा सैन्य अभियानलाई थप अगाडि बढाउने प्रयास गरिरहेका बेला ट्रम्पलाई यस्तो अपिल गरेको बीबीसीले जनाएको छ ।
इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार भन्दा बढि जनाको मृत्यु भइसकेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077