एजेन्सी । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको बाढीमा नौ भारतीय सैनिक पनि बेपत्ता भएको खुलेको छ ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवका अनुसार धारालीको खीर गंगाको विनाशकारी बाढीमा नौ सैनिक बेपत्ता भएका हुन् ।
शिविरमा पानी पस्दा सैनिकहरू बेपत्ता भएको बताइएको छ । भारतीय सेना राहत र उद्धार कार्यमा संलग्न छ ।
१५० सैनिकहरूसँग राहत र उद्धार कार्यको नेतृत्व गरिरहेको उनले बताए । शिविरमा पानी पसेपछि जम्मा ११ सैनिकहरू बेपत्ता भएका थिए, तर पछि दुई सैनिकहरू सुरक्षित फेला परेका छन् ।