Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोस्रो संस्करणको एनपिएल अक्सन- खेलाडीको अन्तिम सूची घोषणा

दोस्रो संस्करणको एनपिएल अक्सन- खेलाडीको अन्तिम सूची घोषणा

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा सहभागी हुने खेलाडीको सूची घोषणा भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) ले आज अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिस्ट्रेसन गराएका थिए ।

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । अक्सन आगामी शनिबार हुनेछ ।

१ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् । श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् ।

‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् । १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।

एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् ।

कुन श्रेणीमा कति खेलाडी आवश्यक

श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७

न्युनतम र अधिकतम मुल्य

श्रेणी ‘ए’ न्युनतम १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077