Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077