Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजामा सहायताको प्रतीक्षामा रहेका नागरिक माथि ट्रक पल्टिँयो, २० जनाको मृत्यु

गाजामा सहायताको प्रतीक्षामा रहेका नागरिक माथि ट्रक पल्टिँयो, २० जनाको मृत्यु

बुधवार , श्रावण २१, २०८२

एजेन्सी । गाजामा मानवीय सहायता बोकेको ट्रक र्दुघटना हुँदा २० जनाको मृत्यु भएको छ ।

मङलबार मध्यरातमा मानवीय सहायता बोकेको ट्रक सहायताको प्रतीक्षामा रहेका नागरिक माथि पल्टिँदा बीस जनाको मृत्यु भएको हो ।
साथै दर्जनौँ घाइते भएको एएफपीले जनाएको छ ।

इजरायलले पहिले बम प्रहार गरेको असुरक्षित सडकमा ट्रक चलाइरहेको कारण नुसिरात शरणार्थी शिविर नजिकै ट्रक दुर्घटना भएको गाजाका सुरक्षा निकायका प्रवक्ता महमुद बासले बताएका छन् ।

इजरायलले आधारभूत आवश्यकताहरूका लागि हप्तौँदेखि पर्खिरहेका भोकमरीले ग्रस्त नागरिकहरू सामु जानमा चालकहरूलाई अवरोध गर्ने गरेको हमासको मिडिया कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077