Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको बैंकले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।’

हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077