काठमाडौं । एएफसी यू–२० एसियन महिला कप छनोटमा नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ ।
बुधबार भुटानको थिम्पुस्थित चिम्लिङथाङ रंगशालामा दुवै टिमले एक–एक गोल गरेर बराबरी खेलेका हुन् ।
नेपालका लागि फरवार्ड सेनु परियारले गोल गरिन् भने भुटानका लागि केल्जिन वाङमोले बराबरी गोल फर्काइन् । समूहमा नेपालसँगै दक्षिण कोरिया, भुटान र साउदी अरेबिया छन् ।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आउँदो वर्ष आयोजना गरिने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।