Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रशासकीय अदालतको अध्यक्षमा घिमिरेलाई नियुक्त गर्न परामर्श

प्रशासकीय अदालतको अध्यक्षमा घिमिरेलाई नियुक्त गर्न परामर्श

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरेलाई नियुक्त गर्न न्याय परिषद्ले परामर्श दिएको छ।

बुधबार प्रधान्ययाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष नियुक्तिका लागि सरकारलाई परामर्श प्रदान गर्ने निर्णय गरेको हो ।

‘प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन, २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम नेपाल न्याय सेवा, रा.प. विशिष्ट श्रेणी (नायब महान्यायाधिवक्ता) पदमा काम गरेका डा. टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने’, निर्णयमा भनिएको छ ।

अब उनको नियुक्तिसम्बन्धी निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077