Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घानामा हेलिकप्टर दुर्घटना : दुई मन्त्रीसहित ८ जनाको मृत्यु

घानामा हेलिकप्टर दुर्घटना : दुई मन्त्रीसहित ८ जनाको मृत्यु

बिहिवार , श्रावण २२, २०८२

एजेन्सी । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा दुई मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए ।

घाना सशस्त्र बलका अनुसार, जेड–९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो ।

घाना सरकारले शोक व्यक्त गरेका छ ।

राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहले यो दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077