Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१८ अंकले बढ्यो सेयर बजार

१८ अंकले बढ्यो सेयर बजार

बिहिवार , श्रावण २२, २०८२

काठमाडौ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर परिसूचक २८५०.३७ विन्दुमा पुगेको छ ।

१८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । नेप्से बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो ।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो । बैंकिङ ०.४३, विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.७५, लगानी ०.३०, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४२, अन्य १.०३ तथा व्यापार ०.९९ प्रतिशत बढे ।

आज सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशत बढ्यो । त्यस्तै बरुण हाइड्रोपावरको ९.७८, मकर जितुमाया सुरी हाइड्रोपावरकमो ७.५६, खानीखोला हाइड्रोपावरको ६.१९, लिबर्टी इनर्जीको ५.७२, आईसीएफसी फाइनान्सको ४.४२ प्रतिशत बढ्यो ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरे ८.२६ प्रतिशत घट्यो । समाज लघुवित्तको ५.४२, सान्भी इनर्जीको २.७१ तथा मैलुङखोला जलविद्युतको २.६९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077